line
Message from President :
राष्ट्रियताको बिशिष्ठ भावना विना देशको सर्वाङ्गीण उन्नति सम्भव हुँदैन त्यस्तै प्रजातन्त्र विना राष्ट्रिता पनि सवल सार्थक हुन सक्दैन समाजवाद विनाको प्रजातन्त्रले पनि यथार्थमा सबै प्रकारले पूर्णता पाउन सक्दैन त्यसकारण राष्ट्रियता, प्रजातन्त्र समाजवाद, कुनै पनि राष्ट्रको अस्तित्व, अस्मिता न्याय पूर्ण सशक्तिकरणका लागि  अनिवार्य शर्तहुन भन्ने चिन्तनबाट अभिप्रेरित मान्यता नै वी.पी. वाद हो। वी.पी. वादका यिनै शाश्वत सत्य मान्यताहरुलार्इ जनस्तरसम्म पुर्याउने यिनै मान्यताका आधारमा बनेको सिद्धान्तको नीति तथा कार्यक्रमको माध्यमबाट देशको सबै क्षेत्रमा सन्तुलित विकास गर्दै त्यसको प्रतिफलबाट सम्पूर्ण देश वासीलार्इ समान रुपले लाभान्वित गराउने उद्देश्यले नै वि.सं. २०५१ सालमा यो वी.पी. चिन्तन प्रतिष्ठानको स्थापना भएको हो

प्रतिष्ठानले आफ्ना आदर्शहरुको कार्यान्वयन गर्नुपर्दा विभिन्न वहस, छलफल, बिचार, गोष्ठी कार्यशाला, अन्तरक्रियाहरुको माध्यमबाट पूर्णत: प्रजातान्त्रिक तवरले नै गर्नेछ । माथि भनिए जस्तै वैचारिक छलफलको अतिरिक्त यसले जनतालार्इ प्रत्यक्षत: लाभ पुर्याउने गरी स्वास्थ्य , शिक्षा, पर्यावरण, रोजगारी, लगायत आर्थिक समृद्धि सामाजिक सदभावका विभिन्न क्षेत्रमा विविध कार्यक्रमहरुको आयोजना गरी रचनात्मक प्रकाशहरुर्ने समेत यसको आफ्नो उद्देश्य रहेको तसर्थ स्पष्ट वैचारीक कार्यदिशाको अभावमा दिन प्रतिदिन भयानक संकटमा जेलिंदै गएका वर्तमान मुलुकको यस्तो अन्यौलपूर्ण अवस्थाबाट मुलुकलार्इ सम्पूर्ण रुपमा मुक्तगर्दै एउटा निश्चित स्वस्थ कार्यदिशा दिने सन्दर्भमा यस प्रतिष्ठानको उपयागितालार्इ मध्यनजर  राख्दै यसका गतिविधिलार्इ रफ्तारका साथ अगाडि वढाउनको लागि जो चाहिने सद्भाव, समर्थन सहभागिता सहित शक्दो सहयोगको अपेक्षा समाजका सबै जागरुक प्रजातन्त्र प्रेमी देशभक्त नागरिकहरुमा हार्दिक आवाहन गर्दछु ।धन्यवाद,जयनेपाल !

 (हरिबोल भट्टरार्इ)
सभापति


line1